काठमाडौं, १८ असार ः राष्ट्रियसभाको सोमबारको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ पारित गरेको हो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बुधबार ११ बजे बस्नेछ ।

