राष्ट्रपतिका कारण मनकामना मन्दिरमा भक्तजनलाई सास्ती, सर्वसाधारणद्धारा गुनासो

काठमाडौं,२३ फागुन ।  पछिल्लो समय भिभिआइपीका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेपछि चर्काे विरोध हुन थालेको छ ।
केहि दिनअघि काठमाडौंमा भिभिआइपीको सवारीका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेपनि सडकमै हर्न बजाएर विरोध जनाएका थिए ।
आज गोरखाको मनकामना दर्शनकालागि मनकामना मन्दिर पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीका कारण सर्वसाधारलाई अप्ठेरो परेको भन्दै त्यहाँ पनि घण्टौं लाइनमा बसेका सर्वसाधनरणले विरोध जनाएका छन् ।
राष्ट्रिपतिले मन्दिरमा पुजा गर्न थालेपछि बिहानै देखि लाइनमा बसेका सर्वसाधारणलाई पुजा गर्न रोक लाइएको थियो । उहाँ दिउँसो हेलिकोप्टरबाट मनकामना पुग्नुभएको थियो ।
२०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको मनकामना मन्दिर करिब १४ करोडको लगानीमा पुनर्निर्माण सकिएको छ । केहिदिन अघि राजधानीमा पनि भिभिआइपीको सवारीका कारण सर्वसाधारणलाई असजिलो भएको भन्दै चर्काे विरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here