राष्ट्रपति र सभामुखबीच भेटवार्ता, यस्तो भयो सहमति

काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती आज दिउँसो शीतलनिवास पुग्नुभएको थियो । आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रका शीर्ष नेतासँग छलफल गरी उहाँ राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवास पुग्नुभएको थियो ।

व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

“महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई भेटमा जानकारी गराउनुभयो ।” उहाँले भन्नुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here