राष्ट्रपति भोली यूएई जादै

काठमाडौं,२६ कार्तिक– राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने औपचारिक भ्रमणकालागि भोली युनाइटेड अरब इमिरेट्स (यूएई) जादै हुनुहुन्छ ।
निवार्चन आउन एक साता बाँकी रहदा जम्बो टोलीका साथ चारदिने भ्रमणकालागि सोमबार त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यूएईको औपचारीक निमन्त्रणामा जाने टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् ।
राष्ट्रपति भोली त्यसतर्फ जाने र बिहीबार फर्कने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताउनुभयो । भ्रमणले दुईपक्षीय सम्बन्धलाई राम्रो बनाउन र लगानी भित्र्याउन उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here