राष्ट्रपति भण्डारी र तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वुबीच भेटवार्ता

काठमाडौं,१७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अन्तरसीमा हिमाली क्षेत्रको विकास परियोजनाका लागि पूर्ण सहयोगको आश्वासन पाएको र त्यसमा चिनियाँ चासो पनि रहेको बताएको जानकारी दिए।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङबाट ल्हासा आइपुग्नुएका राष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वु इङजीले यहाँको परराष्ट्र मन्त्रालयमा स्वागत गरे।

आजै दुई पक्षबीच भएको बैठकमा राष्ट्रपति भण्डारीले आफू कुनै पनि पार्टीको सदस्य नभएको र सबैको राष्ट्रपति भएको बताउँदै नेपालका सबै पार्टीप्रति चीन सरकारले राम्रो सम्बन्ध राखेको धारणा व्यक्त गरे। उनले चीन तथा तिब्बतको विकास प्रयासबाट नेपालका सबै राजनीतिक दलका नेताहरुले सिक्न सक्ने पनि उल्लेख गरे।

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीनबीच सीमा क्षेत्रको विकासमा तिब्बतले ठूलो भूमिका खेल्न सक्ने बताए। उनले नेपालले चीनसँग क्षेत्र तथा मार्ग प्रयास ९बेल्ट एण्ड रोड इनिसियटिभमा काम गर्दा तिब्बतको ठूलो भूमिका हुने पनि बताए। उनले बहुआयामिक यातायात सञ्जालमा रेलमार्गको कुरा भएको र यसले यस क्षेत्रकै सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here