राष्ट्रपति भण्डारी र जापानका राजदूतबीच भेटवार्ता

काठमाडौँ, २७ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बिदाई भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आज उहाँहरुबीच भएको भेटमा जापान र नेपालबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी एवं नेपालस्थित जापानी दूतावासका अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here