राष्ट्रपति भण्डारीद्धारा मन्त्रिमण्डल विस्तारबारे कानुनी परामर्श गर्दै

काठमाडौं,२८ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र कानुनविद्सँग आज परामर्श गर्नुहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई मन्त्रिपरिषदमा थप गर्न सिफारिश गर्नुभएको सन्दर्भमा राष्ट्रपति भण्डारीले आज परामर्श गर्न लाग्नुभएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गर्नुभएको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here