राष्ट्रपति भण्डारीको भारत भ्रमणकाे मिति तय, यस्तो छ भ्रमण तालिका

काठमाडौं, ३० चैत–  राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । नेपाल र भारतले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् । भण्डारीले अप्रिल १७ देखि २१ सम्म पाँच दिन लामो भारत भ्रमण गर्ने छिन् ।

भारतीय राष्ट्रपति प्रवण मुखर्जीको औपचारिक निमन्त्रणमा भण्डारीको राजकीय भ्रमण हुन लागेको हो । पाँच दिने भ्रमणको क्रममा भण्डारीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी भण्डारीले अप्रिल १८ मा राष्ट्रपति भवनमा आयोजित रिसेप्सनमा सहभागी हुने तथा ुगार्ड अफ अनर लिने कार्यक्रम रहेको छ । भण्डारीको सम्मानमा भारतीय राष्ट्रपतिले दिवाभोजको कार्यक्रम आयोजना गर्नु हुनेछ ।

भण्डारीले गुजरात र ओडिसाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भण्डारीको भ्रमणको क्रममा कुनै सन्धि तथा सम्झौता हुने, नहुनेबारे भने केही बताइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here