काठमाडौं,६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने भएको छ ।शक्तिको देवीको रुपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको परिषरमा आयोजना हुने नवदुर्गा नाचको अवलोकन गर्न राष्ट्रपति आउने सङ्घले जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि ४ बजेसम्म नवदुर्गा नाच अवलोकन गरी पूजा एवं द्यो बोयकेगुको अवलोकन गर्ने भएको संघका अध्यक्ष रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो
कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकीलगायतका विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम समेत प्रस्तुत हुनेभएको छ ।

