राष्ट्रपति डोनल्ड ट्रम्पको धम्की

एजेन्सी– राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताबाट पछि हट्ने धम्की दिएका छन् । उनले तत्काल इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने चेतावनी दिएका हुन् । सम्झौताको भविष्यबारे अब अमेरिकी कंग्रेसले टुंगो लगाउने छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुको पनि निन्दा गरेका छन् । सम्झौतामा भएका कमजोरीहरु सच्याउन आफूले कंग्रेस र अमेरिकी साझेदारहरुसँग मिलेर काम गर्ने उनको भनाई थियो ।
इरानको आणविक कार्यक्रम सीमित पार्न सन् २०१५ मा अमेरिका लगायतका शक्ति राष्ट्र र इरानबीच सम्झौता भएको थियो । तेहरानले पटक–पटक सम्झौताको उल्लंघन गरेको ट्रम्पको आरोप छ ।
तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने इरानले सम्झौताको पूर्ण पालना गरिरहेको बताउँदै आएका छन् । ट्रम्पले इरानले आतंकवाद प्रायोजित गरेको आरोप लगाउँदै उसलाई उत्तर कोरिया जस्तै गरि परमाणु खतरा बन्न भने नदिने उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here