अमेरिकी राष्ट्रपति ट्रम्पमाथि यस्तो आरोप, अब के हुन्छ ?

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको एक अधिकारी बताएका छन् ।

अमेरिकाको एउटा मित्र शक्तिबाट आएको सुचना राष्ट्रपति ट्रम्पले रुसलाई पनि उपलब्ध गराउन अनुमति नदिएको नाम नखुलाएका ती अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

अघिल्लो हप्ता राष्ट्रपति ट्रम्पले रुसी विदेशमन्त्री सार्गेइ लाभ्रोभसँग ओभल अफिसमा भेटघाट गर्दा पछिल्लो घटना भएको द वासिङटन पोष्टले जनाएको छ । तर बैठकमा सहभागी उच्च सुरक्षा अधिकारीले उक्त समचार झुट्टो भएको प्रतिक्रिया दिएका छन् ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले पनि समाचार गलत भएको बताएका छन् । राष्ट्रपति चुनावका क्रममा ट्रम्पको अभियान र मस्कोबीच साँठगाँठ रहेको आरोप ट्रम्पले खेपिरहेका छन् र त्यसमाथि अहिले पनि अनुसन्धानहरु भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here