राष्ट्रपति टेमेयरद्वारा न्यायालयको आलोचना

एजेन्सी– ब्राजीलका राष्ट्रपति टेमेयरको कार्यालयले न्यायालयको आलोचना गर्दै विज्ञप्ति जारी गरेको छ । ब्राजीलका राष्ट्रपति मिशेल टेमेयरले देशको न्यायालयले भ्रष्टाचारको आरोप लगाएर मानिसहरुको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाएका छन् ।
टेमेयरले विज्ञप्ति निकालेको केही घण्टा पछि सर्वोच्च अदालतका एकजना न्यायाधीशले उनी विरुद्ध नयाँ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अभियोजनकर्तालाई अधिकार दिएका छन् ।

अदालते अनुसन्धानको तयारी गरेपछि राष्ट्रपतिको विज्ञप्ति आएको बताइएको छ । देशका अन्य नेताहरुसहित राष्ट्रपति ’अपरशेन कार वाश’ भनिने भ्रष्टाचार काण्डमा तानिएका छन् । अपरेशन कार वाश भनेको ब्रजीलको सबभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान हो ।
जसमा उच्चतम तहका मानिसका लागि दिइएको घुसबारे तीन वर्षदेखि अनुसन्धान भइरहेको छ। अनुसन्धानमा अघिल्ला दुई राष्ट्रपतिपनि मुछिएका छन् । टेमेयरले भ्रष्टाचारको र आरोपको खण्डन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here