राष्ट्रपतिद्वारा शीतल निवासमा सपथ

काठमाडौं, ३० फागुन – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेर ५० मिनेटमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवास महाराजगञ्जमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च सरकारी अधिकारीसहित उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारी हिजो दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई सपथ गराई रहँदा प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायापरिषदले पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here