राष्ट्रपतिकी उम्मेदवार भण्डारीलाई फोरमको समर्थन

काठमाडौं, २३ फागुन – संघीय समाजवादी फोरमले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई समर्थन गर्ने बताएको छ । वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएकी भण्डारीलाई मधेसकेन्द्रित दल फोरमको समेत भोट प्राप्त हुने पक्का भएको हो ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनमा सरकार समर्थित उम्मेदवारलाई समर्थन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन र नयाँ सरकारको विषयमा हामी सत्तापक्षसंग नजिक छौं, त्यसकारण समेत राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्नेछौं ।’

फोरमको समर्थनसँगै राष्ट्रपति निर्वाचनमा भण्डारीलाई दुई तिहाइभन्दा बढी मत प्राप्त हुने देखिएको छ । सत्ताको नेतृत्वकर्ता दल एमाले संविधान संशोधनमा सहमत भएपछि फोरमसमेत नयाँ सरकारमा सहभागी हुने तयारीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here