राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान

काठमाडौं,२६ माघः रेडियो कान्तिपुरले आफ्नो १९ औं वार्षिकोत्सवका अवसर पारेर आज एमआई मोबाइल नेशनल म्युजिक अवार्ड प्रदान गरेको छ । राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको रेडियो कान्तिपुरले सांगितिक क्षेत्रको १७ विधा र उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई अवार्ड प्रदान गरेको छ ।

नवगायिकाको अवार्ड मेनुका पौडेलले प्राप्त गर्नुभएको छ । उत्कृष्ट रचनाकारमा रमेश बिजीले अवार्ड पाउदा उत्कृष्ट सङ्गीत निर्देशकको अवार्ड कालीप्रसाद वास्कोटालाई प्रदान गरिएको छ । लोकगीत तर्फ वर्षकै उत्कृष्ट पुरुषमा पशुपति शर्मा र महिलामा मुना थापामगरलाई अवार्ड प्रदान गरिएको छ ।

यस्तै उत्कृष्ट पाश्र्व गायक/गायिकाको अवार्ड सुगम पोखरेल र मेलिना राईले प्राप्त गरेका छन् । उत्कृष्ट राष्ट्रिय गीतको अवार्ड भने सुमित खड्काले प्राप्त गर्नुभयो । पपगीत तर्फ पुरुषमा दीपक बज्राचार्य र महिलामा श्रीया सोताङले अवार्ड प्राप्त गरेका छन् । उत्कृष्ट सांगितिक समूहको १९७४ एडी ले जित्न सफल भएको छ । उत्कृष्ट आधुनिक गायकमा अजर जङ्गम र गायिकामा बनिका प्रधानले प्रूाप्त गर्नुभएको छ ।

वर्षको उत्कृष्ट गीतको अवार्ड कमल खत्रीको जाउँला रेलैमा गीतले प्राप्त गर्दा वर्षकै उत्कृष्ट एलवमको अवार्ड सत्यराज आचार्यको मधुशालाले प्राप्त गरेको छ । यस्तै सुन साईली भन्ने गीतबाट हेमन्त राना स्रोताको छनोटमा पर्न सफल हुनुभएको छ । विज्ञापन एजेन्सी तर्फ थोमसन नेपाल प्राली प्रथम हुँदा म्याक्स मिडिया दोस्रो र ए डी रिलिज प्रालिले तेस्रो स्थानमा रहँदै अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here