राराबाट देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर

काठमाडौं,१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । मुगुको रारा तालको डिलबाट बाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको साल रहेको उल्लेख गर्दै ०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताउनुभयो । उहाँले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताउनुभएको छ ।
प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएका र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here