राप्रपा लाई पुनजागृत गराएरै छाड्नेःराप्रपा अध्यक्ष थापा

काठमाडौं,२७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा लाई पुनजागृत गराएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । पार्टीको मोरङ जिल्ला कार्य समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपालाई जनताले विस्तारै आशा र विश्वासको नजरले हेरिरहेको तथा काङ्ग्रेस–कम्युनिष्ट असफलताको दिशामा गएको दाबी गर्नुभयो ।

कार्यकर्ताहरु कोहि पनि बिचलित हुनुनपर्ने भन्दै थापाले अभाव र संकटमा मान्छेको परिक्षा हुने भएकाले खरो रुपमा उत्रन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । आरोप प्रत्यारोप लगाउने वा कुनै निहुँ र बाहाना बनाएर कोहि निष्कृय हुने छुट नभएको भन्दै थापाले बलियो एजेन्डा, प्रतिबद्ध, निष्ठावान र लगनशिल कार्यकर्ताको बलमा राप्रपा अघि बढ्ने दाबी   गर्नुभयो ।

राप्रपालाई मुलुकको प्रमुख राजनीतिक शक्ति निर्माण गरेर छाड्ने आँट आफूमा रहेको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रुपमा राप्रपा केही समयमा राजनीतिक परिदृष्यमा उदाउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here