राप्रपा चुनावी घोषणापत्र सार्वजनिक गर्दै, गाई स्याहारदेखि पुनःनिर्माणसम्म

काठमाडौं, ११ बैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

परिमार्जन सहित पार्टीको घोषणापत्र पारित गर्ने निर्णय गरेको राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।
मुलुकमा स्थानीय विकास पूर्वाधार निर्माणका विषयलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन लागिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुनावी घोषणापत्रमा गाई स्याहार गर्न गौशाला निर्माण गर्ने नारा समेत आउनेछ ।
संसदको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले देशब्यापी चुनावी अभियानलाई समेत जारी राखेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here