राप्रपा चुनावी अभियान लिएर ७७ जिल्लामा पुग्दै, विशेष प्रशिक्षणको आयोजना

काठमाडौं,२७ कार्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ७७ वटै जिल्लामा जिल्ला अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने   भएको छ ।
मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई ध्यानमा राखेर प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले जानकारी दिनुभयो ।
पार्टीले राष्ट्रवादी, हिन्दूवादी, राजावादी, उदारवादी र संवद्र्धनवादी चिन्तनलाई वैचारिक दृष्टिकोण बनाएकाले ती विषयमा तल्लो तहदेखि नै प्रशिक्षित बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रशिक्षण लिएका अगुवा नेताले ७७ जिल्लामा प्रशिक्षण दिनेछन् । प्रशिक्षणका लागि सब अधिकाँस जिल्लामा पुगीसकेको पठकले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here