राप्रपा गम्भीर छलफलमा

काठमाडौं, २ भदौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितीको बैठक आजपनि जारी छ । हिजोदेखि हेटौंडामा सुरू भएको बैठकमा पार्टी विभाजन पछिको उत्पन्न परिस्थीतीको विश्लेषण, सरकारले अघि बढाएको संबिधान संसोधनका विषयमा रणनिती र कार्ययोजना तयार पार्ने लगायतका विषयमा छलफल भइरहेको पार्टी अध्यक्ष कमल थापाल जानकारी दिनुभयो । दुई नम्बर प्रदेशको निर्वाचनका तयारीका विषयमा समेत बैठक केन्द्रीत रहेको प्रवत्ता भुवन पाठकले जानकारी दिनुभयो ।
बैठकमा पार्टी विभाजनका क्रममा पशुपति समशेर राणाको पक्षमा गएका सांसद तथा केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले दिएकोे समयसीमा अघि नै मुलधारमा फर्कन आग्रह गरिएको प्रबक्ता पाठकले बताउनुभयो ।
बैठक राप्रपाको विभाजनको विषय, संविधान संसोधनको विषय, प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको विषय तथा पार्टीको आन्तरीक संगठन निर्माणका विषयहरुमा छलफल केन्द्रीत हुने पार्टी प्रवक्ता पाठकले बताउनुभयो ।
राप्रपाको विभाजन भएपछि सुर भएको यो बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । भोलीसम्म चल्ने बैठकमा करिब एकसय जना केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here