राप्रपाले सरकार छाड्ने तयारी गर्दै

काठमाडौं, १८ बैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज बस्ने भएको छ । स्वतन्त्र न्यायापालिकामाथि हस्तक्षेप भएको भन्दै राप्रपाको केन्दीय कार्यसम्पादनको बैठक आकश्मीकरुपमा बस्न लागेको हो ।

पार्टी कार्यालयमा बिहान ११ बस्ने बैठकमा राप्रपाले सरकारलाई दिएको सर्मथन फिर्ता लिदै सरकार छाड्ने निर्णय गर्न सक्ने बताइएको छ ।

बैठकमा संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्ने नगर्ने विषयमा राप्रपाभित्र विवाद देखिएको विषयमा पनि छलफल हुनेछ ।

प्रधानन्यायाधीश शुसीला कार्कीमाथि महाअभियोग लगाउने विषयमा सत्तारुढदल भित्र छलफलभएको भएपनि आफुहरुलाई यसबारेमा जानकारी नराएको भन्दै सरकार छाड्ने बारेमा निर्णय गर्ने राप्रपाले जनाएको छ । राप्रपाले कार्कीमाथि महाअभियोग न्यायापालीका भित्रको हस्तक्षप भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here