काठमाडौं, २५ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा पेश भएकोे आर्थिक वर्ष २०७४÷७५ सालको बजेट पारित गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेट २९ गते विहिबार संसदमा निर्णयार्थ पेश हुँदैछ ।
सोही सम्बन्धमा छलफल गर्न आज बसेको पार्टी संसदीय दलको संघीय ढाँचा अनुसार राज्य संचालन गर्न अति आवश्यक भएको निष्कर्ष निकाल्दै बजेट पारित गर्ने निर्णय गरेको हो ।सरकारलाई समर्थन दिएपनि सम्मानजनक सहभागिता सुनिश्चित् नभई सरकारमा जान नसकिने अडान लिइएको राप्रपाका प्रवक्ता शुशिलकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
यस्तै राज्य संचालनका लागि समेत अतिआवश्यक देखिएकाले बजेट पारित गर्ने निर्णय लिइएको पार्टी नेतृ कुन्तीकुमारी शाहीले जानकारी दिनु भयो ।

