राप्रपाले फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने

काठमाडौं,२४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यक्ता नभएको दावी गर्नुभएको छ । अध्यक्ष थापाले विदेशीको दवाव र प्रभावमा लादिएकाले आफ्नो पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
आज काठमाडौंमा आयोजित उपत्यकास्तरीय पार्टीको भेलामा बोल्दै उहाँले आन्दोलनको राप र तापमा पारेर लादिएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हटाएर राजसंस्थासहितको हिन्दुराज्य स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टी अघि बढिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here