राप्रपाले धर्म निरपेक्षताको विरोधमा पोस्टर र ब्यानर जलाउदैं

काठमाडौं,६ बैशाख । सरकारले आफ्ना मागहरुमा वेवास्ता गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्म निरपेक्षताको विरोधमा आज पोस्टर र ब्यानर जलाउने भएको छ ।

नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने सहितका २२ बुँदे माग राख्दै चरणबद्ध संघर्षमा रहेको राप्रपाले आज धर्म निरपेक्षताको विरोधमा ब्यानर र पोस्टर जलाउने भएको हो ।
दिउँसो रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङ लगायतका नेताहरू सहभागी हुने जनाइएको छ ।

राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा वैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here