काठमाडौं,२८ चैत । हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राप्रपाले आज देशैभरी स्थानीय तहको कार्यालय अगाडि धर्ना दिने भएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले समाजिक सञ्चाल मार्फत ‘‘हिन्दु राष्ट्र पुनस्र्थापना लगायत मागहरु पूरागर्न सरकारलाई दवाव दिने उद्देश्यले राप्रपाको जारी जनसंघर्ष अन्तर्गत आज देशभरका स्थानीयतहको कार्यालय अघि धर्ना कार्यक्रम रहेको बताउनुभयो ।
राप्रपाले काठमाडौं महानगरपालिकाको मुलगेटमा दिउँसो २ बजे धर्ना दिइने जनाएको छ । महानगरको धर्नामा अध्यक्ष थावानै सहभागि हुने कार्यक्रम छ । राप्रपाले धर्नामा सदभाव, ऐक्यबद्धता र सहभागिताको लागि अपिल गरेको छ ।

