राप्रपाको हस्ताक्षर अभियान सुरु

हेटौडा,१७ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । हिन्दु राष्ट्रका पक्षमा जनमत देखाउने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरिएको सो पार्टीले जनाएको छ । पार्टीका अध्यक्ष कमल थापाले गृह जिल्ला हेटौंडा पुगेर अभियान सुरु गर्नुभएको छ ।

‘हिन्दु राष्ट्र पुनर्स्थापना हस्ताक्षर संकलन अभियान’ लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै उहााले अभियान सुरु भएको बताउनुभयो । ७७ वटै जिल्लामा हस्ताक्षर अभियान सुरु भएको सो पार्टीले जनाएको छ । चैत २३ गतेसम्म हस्ताक्षर अभियान सञ्चालन हुने जनाइएको छ । सोमबारदेखि स्थानीय तहबाट पनि हस्ताक्षर संकलन गर्ने राप्रपाको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here