राप्रपाका अध्यक्षका उम्मेदवार मृत फेला

Dead body in a mortuary

काभ्रे, २८ बैशाख–काभ्रेको धुलिखेल नगरपालिका वडा न -१२ स्थित राप्रपा वडा अध्यक्षका उम्मेदवार सुकलाल तामाङ मृत अवस्थामा फेला परेका छन् । उनी आज विहान आेछ्यानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

के कारणले उनको मृत्यु भएको हाे भन्ने केही खुल्न सकेको छैन । पोष्ट मार्टम रिपोर्टबाट उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

मृत्युको कारण छानबिन गर्न राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामाले माग गरेका छन् । निर्वाचनको मुखमा उम्मेदवारको मृत्युले राप्रपा मर्माहत भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here