रातो मच्छेन्द्र नाथको रथारोहणको तयारी पुरा, भोली आरम्भ

काठमाडौं,२१ बैशाख ।  हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रथारोहण गराईने, वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई भोली रथारोहण गरिने भएको छ ।

रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट पूजा तथा बाजागाजा सहित खटमा राखेर पुल्चोकमा रहेको रथमा लगेर विराजमान गराईने गुठी संस्थान ललितपुरले जनाएको छ । वैशाख ७ गते कृष्ण प्रतिपदाको दिन लगनखेलको डबलीमा राखेर मच्छिन्द्रनाथलाई महास्नान गराएपछि यो जात्रा सुरु भएको हो ।

गएरातिदेखि विधिअनुसार भगवानको दशकर्म अर्थात न्वारान, पास्नी, व्रतबन्ध, विवाह, गुफा राख्ने विधि सुरु भएको र भोली रातो मच्छेन्द्र नाथलाई रथारोहणका लागि पुल्चोक लगिने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिनुभयो । रातो मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवैको प्रतीकका रुपमा पुजा गरिन्छ । रथारोहण पछि बैशाख २५ गते बुधबार मच्छिन्द्रनाथको रथ पुल्चोकबाट गाबहालतर्फ तानिने छ ।

पहिलो दिन गाबहाल हुँदै मङ्गलबजार, सुन्धारा, थापाहिटी, लगनखेल अनि जावलाखेल पु¥याइने चलन छ । करीब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्रा हो । यो जात्रा दुई महीनासम्म चल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here