रातो मच्छिन्द्रनाथको रथ आज कहाँ लैजादै

काठमाडौं, ८ जेठ– रातो मच्छिन्द्रनाथको रथ आज ललितपुरको थटी टोलबाट जावलाखेलतर्फ लैजाने साइत जुरेको छ। ज्योतिषीले साइत हेरेर आज जावलाखेलतफ लैजान निर्णय दिइएको पाटनस्थित गुठी कार्यालयले जनाएको छ ।
थटी टोलबाट एकै दिनमा रथलाई जावलाखेल लैजान सकियो भने रथ जावलाखेल पुगेको चौथो दिन जेठ ११ गते विहीबार मच्छिन्द्र नाथका साथमा रहेको भोटो प्रदर्शन हुनेछ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्र नाथको वर्षा यामको आसपास रथ यात्रा गराउने चलन छ । भोटो जात्रापछि नाथलाई छ महिनाका लागि बुङ्मती लगिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here