राज्यका जिम्मेवार अधिकारी प्रभावमा पर्दा छाया सेन्टर भवन निर्माण

काठमाडौं,२७ बैशाख । राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स् छाया सेन्टर निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरुलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ ।

पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणलाई दायित्व बोकेको परातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानुनी प्रक्रिया अपनाउनुको सट्टा सहयोगी भूमिका खेलेको पाइएको छ ।

पुरातत्वले कमलपोखरी जोगाउन कुनै कदम नचालेर अनि महानगरले भवन निर्माणका लागि नक्सा पास गरिदिएर सहज पारिदिएको देखिन्छ ।आजको नागरिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here