राजेन्द्र महतोले यसरी सरकारको मोह व्यक्त गरे

काठमाडौँ, १४ साउन- राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।

नेता महतोले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको उल्लेख गर्दै पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिने छ भन्नुभयो ।

“सरकारसँग दुई तिहाइ छ, हाम्रो माग र सवाल पूरा गराउन दबाब दिन्छौँ, केही दिनअघि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागका बारेमा पुनःस्मरण गराएका छौँ, मुलुकको समस्या समाधान गर्नुहोस्, दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवाल संविधान संशोधनमार्फत् हल गर्नुहोस् भनेका छौँ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here