राजश्व संकलन चुनौतीपूर्ण : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २७ साउन:अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा सबै प्रकारका अनुदानहरु कार्यान्वयनमा ल्याउने तयारी भईरहेको बताउनु भएको छ ।

सिंहदरवारमा आज बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले समानिकरण, शर्सत, विशेष अनुदान र समपूरक गरी चार वटा अनुदान कार्यान्वयनमा ल्याउने तयारी भइरहेको बताउनु भएको हो ।

अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको बजेटमा संघ, प्रदेश र स्थानीय तहको कर, अधिकारको बाँडफाड, राजश्वको बाँडफाड र सबै प्रकारका अनुदान कार्यान्वयनमा ल्याउने तयारी भइरहेको बताउनु भएको हो । यसलाई कार्यान्वयमा ल्याउन कार्यविधि निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

बजेटमा उल्लेख गरिएका प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत कतिपय विषयमा कानून बनाएर र संशोधन गरेर मात्र कार्यान्वयन गर्नुपर्ने भएकाले केही दिन भित्रमै संसद लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । कानून निर्माण, कार्याविधि निर्माण र नियमावली निर्माणसँगै मन्त्रालयले कार्य गरिरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here