राजपा र काँग्रेसबीच यस्तो भयो सहमति

काठमाडौं, २३ जेठ–राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि प्रधानमन्त्री निर्वाचनमा भाग लिने भएको छ । मंगलबार न‍ेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाबीच भएको तीनबुँदे सहमतिपछि राजपा प्रधानमन्त्री निर्वाचनमा सहभागी हुने निश्चित भएको हो ।

सहमतिअनुसार राजपाले अब प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई मत दिनेछ ।  स‌ंघीय समाजवादी फोरमसँग पनि कांग्रेस, माओवादी केन्द्रले सहमति गरेका छन्  । संविधान संशोधन, आयोग गठन लगायतका कार्यलाई पूर्णता दिँदै विगतका सहमति कार्यान्वयन गर्ने र प्रधानमन्त्री निर्वाचनमा देउवालाई मतदान गर्ने तीन दलबीच सहमति भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here