राजपा नेता मधेशमा

काठमाडौं, ३० जेठ– चुनावमा नजाने निस्कर्ष सहित आन्दोलन गरिरहेको राजपाका शीर्ष नेताहरु आज तराई झर्ने भएका छन् ।
राजपाका शीर्ष नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा आज बन्द, आमहडताल लगायत विरोध कार्यक्रम सफल पार्न भन्दै तराई, मधेस जान लागेका हुन् ।
राजपा नेता अनिलकुमार झाले आन्दोलनको कार्यक्रमलाई प्रभावकारी बनाउन राजधानी छाड्न लागेको जानकारी दिनुभयो । सरकारसँग अब वार्ता सम्भव नभएको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here