राजपा छलफलमा

काठमाडौं, ५ भदौं– संविधान संशोधन प्रस्ताव आज संसद्मा निर्णयार्थ पेस हुने भएपछि राष्ट्रिय जनता पार्टीले पदाधिकारी बैठक बोलाएको छ ।
आज बिहानका लागि बोलाइएको बैठकले संशोधन प्रस्तावमा सहयोग गर्न सबै दललाई आग्रह गर्ने निर्णय गर्नेछ ।
संशोधन प्रस्ताव पास वा फेल जे भए पनि राजपाले त्यसलाई स्वीकार गर्ने र आगामी निर्वाचनमा सहभागी हुने निर्णय गर्ने नेताहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here