राजपा किन गयो बैठक छोडेर भारतिय राजदुत भेट्न ?

काठमाडौं, १६ जेठ– नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी राजपा लाई स्थानीय चुनावमा सहभागी गराउन कसरत गरेका छन् ।

आज बिहान भारतीय दूतावास लैनचौरमा राजपा शीर्ष नेतालाई बोलाएर राजदूत पुरीले छलफल गरेका हुन् । छलफलमा राजपा अध्यक्ष मण्डलका ६ मध्ये ५ जना सदस्य सहभागी थिए । पुरीले स्थानीय चुनावमा सहभागी भएर आफ्नो राजनीतिक मुद्दा स्थापित गर्न आग्रह गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार राजपाले मागेजस्तै संविधान संशोधन तत्काल सम्भव नदेखिएको भन्दै चुनावपछि पनि आफ्ना एजेन्डाका लागि संघर्ष गर्ने ठाउँ रहेकाले अब चुनावमै केन्द्रित हुन पुरीले आग्रह गरेका थिए ।

तर हामीले अहिलेसम्म हाम्रा मुद्दाहरुलाई समर्थन गर्दै आएको भारतले अकस्मात किन सत्ता घटकहरुसँग मिल्ने गरी कुरा गर्न थालेको हो भनेर जिज्ञासा राख्यौुं, सहभागी ती नेताले भने, ‘संशोधन नभएको अहिलेकै अवस्थामा चुनावमा जान हामीलाई कठिन छ, यही कुरा हामीले राख्यौं ।

शीर्षनेता दूतावास जानेकुरा राजपाकै दोस्रो तहका नेताहरुलाई समेत जानकारी दिइएको थिएन । भारतीय दूतावासमा महन्थ ठाकुर, शरतसिह भण्डारी, राजेन्द्र महतो, अनिल झा लगायत गएका थिए ।

सहमतिका लागि कसरत गर्न भन्दै कांग्रेस सभापतिले डाकेको बैठकमा भने जंगीलाल राय, लक्ष्मणलाल कर्ण, धर्मेन्द्र झा लगायत सांसद मात्रै पठाइएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here