काठमाडौं, ३ असार– निर्वाचनमा भाग नलिने निर्णय गरेको राजपाले आज तराइका जिल्लामा लाठी जुलुस प्रदर्शन गर्दैछ ।
सरकारले राजपालाई निर्वाचनमा सहभागि गराउन २ नम्बर प्रदेशका निर्वाचन सारेपनि उसले माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
निर्वाचन बहिस्कार गरी आन्दोलनमा होमिएको राजपाले आज लाठी जुलुस प्रदर्शन गर्दैछ भने मनोनयन दर्ताको दिन भोली मेचीदेखि महाकालीसम्मका तराईका जिल्लामा बन्दको आह्वान गरेको छ ।
यसअघि हिजो बसको राजपा अध्यक्ष मण्डलको बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो ।

