राजपाले अन्तिम निर्णय गर्दै

काठमाडौं, २ असार– सरकारले स्थानीय तहको प्रदेश नम्बर २ को चुनाव सारेसंगै आफ्नो धारण बनाउन राजपाले आज आन्तरिक छलफल गर्ने भएको छ ।

सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सारेपछि असार १४ हुने अन्य ३ प्रदेशको निर्वाचनमा जाने–नजानेबारे निर्णय गर्न राजपाको बैठक दिउँसो बस्ने भएको हो ।
आजको बैठकले निर्वाचन लक्षित ‘विशेष निर्णय’ लिने राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले जानकारी दिनुभयो ।

उहाँले प्रदेश नं. २ र ५ को चुनाव स्थगन गर्न माग गरेको भन्दै त्यो पूरा नभएकाले ५ नं. प्रदेशमा चुनाव स्थगित गराउन अपनाउने रणनीतिका विषयमा आजको बैठकमा अध्यक्ष मण्डलले निर्णय गर्ने बताउनुभयो।
संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिलगायत मागलाई पूर्वसर्तका रूपमा अघि सारेर निर्वाचन लक्षित आन्दोलन घोषणा गरेको राजपाले निर्वाचन सार्ने निर्णयमा आफ्नो समर्थन नरहेको भन्दै माग पूरा नभई निर्वाचनमा नजाने संकेत दिएको छ ।

सत्तारुढ दल र सत्तासमर्थक राजपाका शीर्ष नेताबीच हिजो बसेको बैठकले प्रदेश २ को निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here