राजपामा किचकिच सुरु

काठमाडौं, २२ जेठ–  राष्ट्रिय जनता पार्टीको बैठक आजपनि बस्ने भएको छ । दुई दिनदेखि जारी बैठकमा पार्टीको विधान, नेतृत्व र पार्टी दर्ताका विषयमा छलफल जारी छ ।

यसविषयमा नेतृत्वबीच आन्तरिक विवाद बढेको छ ।  बैठक बिहान ९ बजे बस्ने छ । हिजोको बैठकमा प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने वा नगर्ने भन्ने बारेमा चर्काे बहश भएको थियो भने दल दर्ता र नेतृत्वका बारेमापनि चर्काे विवाद भएको नेताहरुले जनाएका छन् ।
आज बस्ने बैठकमा काँग्रेस सभापति देउवालाई समथर्न गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गर्ने छ । दल दर्ताका लागि चाहिने पार्टी विधान र घोषणापत्र अन्तिमरुप दिनेबारेमापनि निर्णयहुने नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here