राजपाभित्र मत विभाजन, आजपनि छलफल

काठमाडौं, २३ साउन– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रिय कमिटि वैठक आजपनि बस्दैछ । राजपा नेपालको पदाधिकारी बैठक गत शनिवार सम्पन्न भएपछि हिजोदेखि केन्द्रिय कमिटीको बैठक सुरु भएको छ ।
हिजोको वैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि आज पुन बैठक वस्न लागेको हो । बैठकमा विभिन्न समुह वनाई समूहगत धारणा माथी छलफल गर्र्नेक्रम जारी रहेको राजपाले जनाएको छ ।

पदाधिकारी वैठकमा आगामी असोज २ हुने प्रदेश नं. २ को स्थानिय तहको निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा निर्णय हुन सकेको थिएन ।
सो विषयमा पदाधिकारीहरुको मत वाझिएपछि हिजोवाट चलिरहेको केन्द्रिय समिति बैठकले के गर्ने भन्ने विषयमा निर्णय गर्ने महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभएको छ ।

साथै बैठकले पार्टीको आगामी रननिति तय गर्नुका साथै विधान संसोधन लगाएतका विविध राजनैतिक विषयमा छलफल गर्ने जनाएको छ । जिल्ला र वर्गिय संगठनका अध्यक्षहरु सहित वोलाईएको केन्द्रिय समिति बैठकमा एक हजारभन्दा वढिको उपस्थिति रहेको राजपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here