राजपाको सहयोग रु पाँच लाख

काठमाडौं,१८ चैत । राष्ट्रिय जनता पार्टी(राजपा) ले हावाहुरीबाट प्रभावित नागरिकका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । साथै पार्टीले नेता कार्यकतालाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह पनि गरेको छ ।
राजपाका संयोजक शरदसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा प्रदेश नं. २ को सरकारले प्राकृतिक विपत्तिको दुःखदका समयमा देखाएको तत्परताको प्रशंसा योग्य भनेको छ । पार्टीले संघीय सरकारलाई समेत राहत र उद्धार कार्यमा गम्भीरताका साथ लाग्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here