राजपाको अध्यक्ष मण्डलको बैठक जारी

काठमाडौं, ६ साउन– राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक अहिले जारी छ । बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखि जारी बैठकमा तेस्रो चरणको निर्वाचनमा सहभागीता बारे ठोस निर्णय गर्ने राजपाले जनाएको छ ।
अध्यक्ष मण्डलको बैठकले निर्वाचन सम्बन्धि दृष्टिकोण स्पष्ट गर्ने पार्टीका नेता मनिस कुमार सुमनले जानकारी दिनुभयो ।
आन्दोलनको समीक्षा, पार्टीको आगामी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

अध्यक्ष मण्डलको बैठक हिजो शुरु भएको थियो । आजको बैठकले पदाधिकारी बैठक र केन्द्रीय समितिको बैठकको मिति समेत तय गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here