राजनीतिमा ‘संस्कार’ को खडेरी-कांग्रेस प्रवक्ता विश्वप्रकाश

काठमाडौं,२९ बैशाख–नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा ‘संस्कार’ को खडेरी परेको बताउनु भएको  छ । उहाँले मुलुकको समग्र विकासका लागि सबैभन्दा पहिला राजनीतिक संस्कार सुधार गर्न जरुरी रहेको औंल्याउनुभयो ।

नेपालको राजनीति विगतको भन्दा तुलनात्मक अवस्थामा आईपुगेकाले अब, राजनीतिक संस्कार सुधारेर अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो ।

बीपी अध्ययन प्रतिष्ठान र युथ नेटवर्कले आज दमकमा आयोजना गरेको एक कार्यक्रममा प्रवक्ता शर्माले राजनीतिक संस्कार आवरणमा नभई व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here