राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामाः नेपाल

काठमाडौं,११ बैशाखः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा राख्नुभयो ।

मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटनमा जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैँमा अनुपम छ भन्नुभयो ।

महान्यायाधिवक्ता अग्नि खरेलले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको सुन्दर पार्कले सहरी सुन्दरता कायम गर्न तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको यो पार्कले शहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here