राजधानी सहर बाँके बन्छ –प्रचण्ड

नेपालगंज १९, बाँके

भिम नेपाली
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बाँकेले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय अध्यक्षले बुटवल राजधानी बाँके जिल्लालाई असहज पर्ने जनताको मागलाई समर्थन गर्दै बाँकेमा नै ढिलो चाडो राजधानी सहर बन्ने बिश्वास दिलाए । उक्त कार्यक्रममा बाँकेबाट राजधानी सहर फर्कने बितीकै प्रधानमन्त्री र सम्बन्धीत मन्त्रीहरुलाई मिटिङ्गमा जानकारी गराउने समेत बताए । तत्काल बाँकेमा राजधानी सहर कायम नभएमा आफु प्रधानमन्त्री भएको कार्यकालमा बाँके नै राजधानी बन्छ भने ।

विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ संविधानको संवैधानिक नियम अनुसार नै सातैओटा प्रदेशमा प्रमुखहरु नियूक्ति भएको छ । आगामी हुने उप निर्वाचनमा जनताको लोक प्रिय पार्टी नेकपाको नै विजय हुने दावि गरे ।

नेपालगँज उधोग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा सहभागी हुदैँ, बाँके जिल्ला राजनितीक परीवर्तनको एैतिहासीक केन्द्र हो भने । विभीन्न राजनितीक परीवर्तनका घटना क्रम चाहे राणा शासन, पंचायति व्यवस्था, राजतन्त्र व्यवस्था परिवर्तनका लागि नेपालगंजले अगुवाई गरेको थियो । नेपालगंजमा रहेको राझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सैधान्तिक सहमती भएको जानकारी समेत गराए ।

मंगलबार जिल्लामा भएको ३ वटा कार्यक्रममा सहभागी भएका थिए । नजिकै हुन गइरहेको कोहलपूर वडा नं ६ को चूनावि सभालाई संबोधन गरी त्यहाँका उधोग व्यापारीसँग पनि छलफल कार्यक्रममा सहभागी रहेको जिल्ला अध्यक्ष आई.पि. खरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here