राजधानी लगाएत देशैभरिको सुरक्षा व्यवस्था कडा, गृहमन्त्रालयको रणनीति यस्तो !

काठमाडौं,१३ जेठ ।  विप्लव माओवादी समूहले बन्दलाई सफल बनाउन विभिन्न स्थानमा वम राखेपछि देशैभरिको सुरक्षा अबस्था कडा पारिएको छ । राजधानीमा आइतबार भएको विस्फोटमा ४ जनाको मृत्युभएपछि गृहमन्त्री रामबहादुर थापाले देशभर उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिनुभएको थियो । गृहमन्त्री थापाको निर्देशनपछि सम्भावित हिंसात्मक गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ । गृहले बन्दको प्रभाव न्यून बनाउन सर्वसाधारण चढ्ने सवारीलाई स्कर्टिङको गर्न दिर्नेशन दिएको छ । गृहको आकस्मिक बसेको बैठकले बन्द गराउने कार्यकर्तालाई सडकमा देखे सार्वजनिक मुद्दा चलाउन निर्देशन दिइएको छ ।
गएराति देखिनै नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दमा खटिएको हो।आइतबार साँझदेखि नै राजधानी उपत्यकामा बम विस्फोट भएपछि प्रहरी सतर्क बनेको हो। भोजपुरमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको कारबाहीमा विप्लवका कार्यकर्ताको ज्यान गएको थियो । प्रहरीले तीर्थराज घिमिरेको खुट्टामा गोली लागेको बताएपनि विप्लवले यतना दिएर हत्या गरिएको दाबी गरेको छ। विप्लव समूहको गतिविधि आपराधिक बनेको भन्दै सरकारले आपराधिक समूह घोषणा गर्दै राजनीतिक गतिविधिमा रोक लगाएको थियो । त्यसअघि विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेल भवन अगाडि गराएको विस्फोटमा एक जना सर्वसाधारणको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here