‘राजधानी आर्चरी च्याम्पियनसिप’ सुरु

काठमाडौँ, १६ असार । नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोगमा तथा राजधानी न्यूज पब्लिकेसनको आयोजनामा ‘राजधानी आर्चरी च्याम्पियनसिप’ सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आजदेखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले एक कार्यक्रमकाबीच गर्नुभयो । उहाँले निजी क्षेत्रबाट सञ्चालन गरिएको यस किसिमको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।

नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले आर्चरी खेलको विकास तथा विस्तारका लागि आफ्नो संस्था सक्रिय भएर लागेको बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि निजी क्षेत्रको यस किसिमको प्रयास सराहनीय काम भएको बताउनुभयो ।

राजधानी न्यूज पब्लिकेसनको १७औँ वार्षिक उत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ट्रेडिस्नल एन्ड स्ट्यान्डर्ड बो, रिकभ र कम्पाउन्ड विधामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । महिला तथा पुरुष स्वर्णपदक विजेता खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् भने रजत विजेता खलाडीले रु २५ हजार तथा कास्य विजेता खेलाडीले रु १५ हजार पाउनेछन् ।

प्रतियोगितामा नेपाल छन्त्याल समाज, कास्की, अन्नपूर्ण आर्चरी क्लब, दि बेष्ट आर्चरी, थासाङ स्पोर्टस स्पोर्टस क्लब, थकाली सेवा समाज, मनाङ मस्र्याङ्दी क्लब, बेनी स्पोर्टस क्लब, म्याग्दी मगर समाज, पोखरा, एचविवाइसी, छन्त्याल एसोसिएसन, युनाइटेड मुस्ताङ क्लब, नेपाल आर्मी, राजधानी र कास्कीको टोलीको सहभागिता रहेको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here