राजधानीमै बोक्सीको आरोपमा महिला कुटपिट पछि

web

काठमाडौं,१७ फागुन ।  बोक्सीको आरोपमा महिलालाई यातना दिएको अभियोगमा प्रहरीले काठमाडौंको भीमसेनस्थानबाट एक महिलालाई पक्राउ गरेको छ । उनले माता भन्दै झारफुकको काम गर्दै आएकी थिइन् । पक्राउ पर्नेमा आफूलाई माता बताउने कविता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको हो। उनीमाथि प्रहरीले बोक्सी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको छ । पीडित महिलाले आफूलाई कविताले बोक्सी होस् भनेर कुटपिट गरेको, यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वशन्त लामाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here