राजधानीमै ठुलो मात्रामा लोकल ठर्रा वरामत

काठमाडौं,२९ पुस । महानगरीय प्रहरी वृत्त, बानेश्वरले ९ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी प्रभाग, कोटेश्वर र काँडाघारीबाट गरी ५० प्रहरी अधिकारी, जनप्रतिनिधि, उपभोक्ता अधिकार मञ्चका अधिकारी लगायतको सहभागितामा घरेलु मदिरा नष्ट अपरेसनमा ठूलो परिमाणमा मदिरा नष्ट गरिएको हो । बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेका अनुसार कागेश्वरी मनोहरी–८ स्थित कृष्ण मन्दिर आसपासको क्षेत्रमा रहेका बालुवा खानी, सुकुम्बासी बस्तीलगायतका स्वीप अपरेसन चलाउँदा ९ हजार लिटर मदिरा बरामद भएको हो । मदिरासँगै उत्पादनमा प्रयोग हुने भाडासमेत बरामद गरेको प्रहरीले जानाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here