राजधानीमा नक्कली प्रमाणपत्र बनाउने व्यक्ती पक्राउ

काठमाडौं,८ माघ । काठमाडौं प्रहरीले विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रदेखि सवारी अनुमति पत्र, नागरिकता समेत नक्कली बनाउने एकजना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौं तारकेश्वर बस्ने विपुन श्रेष्ठ हरेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मनमैजुमा रहेको उग्रचण्डी साइबरबाट पक्राउ गरेको हो ।

श्रेष्ठले साइबर खोलेर नक्कली कागजात बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले साइबरबाट नक्कली सटिफिकेट, नक्कली डकुमेन्ट बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राइभसमेत बरामद गरेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनीमाथि किर्ते अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here